
३ दिनअघि पाेखराबाट काठमाडाैं पुगेका काेराेना संक्रमितकाे सम्पर्कमा आएका व्यक्तिकाे खाेजपड्ताल सुरु भइसकेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
बिहीबार साँझ विज्ञप्ति जारी गरेर निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ४:१५ बजेको प्रेस वक्तब्यमा काठमाडौंमा उपचाररत
कास्की जिल्ला, पोखरा महानगरपालिका ८ का वर्ष ६० भनिएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको सूचना प्राप्त भए पश्चात नै केस अनुसन्धान तथा खोजपडतालसहित अन्य प्रक्रिया सुरु भैसकेको जनाएकाे हाे ।
पाेखराका संक्रमितसँग सम्पर्कमा आएका अधिकांश सेल्फ क्वारेन्टाइनमा
पोखराबाट काठमाडौं लगिएका कोरोना संक्रमितसँग सम्पर्कमा आएका धेरैजसो मानिस शुक्रबार साँझबाटै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
गत मंगलबार बिहानदेखि ती बिरामीको सम्पर्कमा आएका अधिकांश आफै सचेत भएर शुक्रबारदेखि आफ्नै घरमा अलग्गै कोठामा बसेका छन् । उनलाई भेट्न अस्पताल पुगेका कतिपयले भने ‘म त गएको थिइनँ’ भनेर ढाँटेका छन् । उनीहरुको समेत विवरण तयारीमा प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिका जुटेको छन्।
संक्रमितको सम्पर्कमा आएकाहरुलाई प्रदेश स्वास्थ्य निर्देशनालयसँगको समन्वयमा पोखरा महानगरपालिकाले सम्पर्क गर्न थालेको छ । पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले ती बिरामीसँग सम्पर्कमा आएकाहरु पत्ता लगाउन फोन गर्न थालिएको बताए ।
बिरामी भएलगत्तै आलुमाइल चोकबाट गण्डकी मेडिकल कलेज लगिएका उनलाई भेट्न उनका साथी र सुभेच्छुकहरु धेरै नै गएको त्यही आधारमा नम्बर संकलन गरी फोन गरिएको र सतर्क अवस्थामा रहन आग्रह गरिएको आचार्यले जानकारी दिए ।
शनिबार बिहानबाट सतर्कताका थप उपाय अपनाउने महानगरले जनाएको छ ।
मंगलबार बिहान आलुमाइला चाेक नजिकै डेरामा बेहाेस अवस्थामा भेटिएका ती बिरामीलाई साेही दिन दिउँसाे काठमाडाैं लगिएकाे थियाे । उनकाे हाेस अहिले भने खुलेकाे छ । उनलाई काेराेना भएकाे पुष्टि शुक्रबार दिउँसाे स्वास्थ्य मन्त्रालयेले गरेकाे थियाे ।
परिवारका सदस्यकाे सहयाेगमा ती बिरामीकाे यात्रा विवरण लिइने स्वास्थ्य अधिकारीले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्