व्यवसायीलाई चार महिनाको घर भाडा र शुल्क छुट

 

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरभित्रका लकडाउनको मारमा परेका विभिन्न व्यवसायीलाई चार महिनाको शुल्क तथा भाडा छुट गर्ने निर्णय गरेको छ ।

रोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको लकडाउनका कारण व्यवसायी मारमा परेको भन्दै नगरपालिकाको स्थानीय राजस्व परामर्श समितिको सिफारिस अनुशार त्रि–धार्मिकस्थल हलेसीका होटलबाट मासिक रुपमा उठाइने फोहोर संकलन शुल्क, मन्दीर आसपासका डोरामाला व्यावसायीबाट लिइदै आएको भाडा र कुम्भबत्ती घरमा लाग्ने भाडा छुट दिने निर्णय गरेको हो ।

जारी लकडाउनका कारण हलेसीका होटल तथा व्यापार व्यवसायलाई प्रत्यक्ष असर पुगेकाले गत चैतदेखि असारसम्मको फोहोर संकलन शुल्क, डोरामाला भाडा र कुम्भबत्ती घर भाडावापत उठ्ने चार लाख रुपैयाँ छुट दिने निर्णय गरिएको नगरपालिकाकी उपमेयर एबं स्थानीय राजस्व परामर्श समितिका संयोजक बिमला राईले बताईन् ।

गत जेठ २० गतेको राजस्व परामर्श समितिको सिफारिसलाई नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेको हो ।

लकडाउनको मारमा परेका व्यवसायीको हितलाई ध्यान दिएर शुल्क एबं भाडा छुट दिने हलेसी तुवाचुङ नगरपालिका जिल्लाकै पहिलो स्थानीय तह दावी गरिएको छ ।

राजस्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक आन्तरिक आम्दानी अनुमानित ५५ लाख प्रस्ताव गरेको छ ।

प्रकाशित भएको : June 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु