विरोध र सुझाव भए भित्तामा लेख्दा पनि सुनिन्छ, सडकमा जानु पर्दैन – मुख्यमन्त्री

 

रुपन्देहीको बुटवलमा शुक्रबार सरकारविरोधी प्रदर्शन भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सडकमा आन्दोलन नगर्न आग्रह गरेका छन् । प्रदेश सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो भित्तामा लेख्न उनले सुझाए ।

बुटवलमा भएको प्रदर्शनप्रति इंगित गर्दै उनले सामाजिक सञ्जाल आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रदेश ५ मा प्रदेश सरकारको कामप्रति आलोचना, विरोध र सुझाव भए यो भित्तामा लेख्नुहोला । सडकमा जानु पर्दैन, कुरा सुनिन्छ ।’

शुक्रबार दिउँसो मुख्यमन्त्री कार्यालय नजिकै ठूलो संख्यामा भेला भएका युवाले सरकारविरोधी प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्ने लगायतका कुरा उठाएका थिए ।

केहीदिन यता स्वतस्फूर्त रुपमा भेला भएर युवाले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । सोही अनुसार शुक्रबार बुटवलमा पनि प्रदर्शन भएको थियो ।

Source

प्रकाशित भएको : June 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु