प्रधानसेनापति थापा र सशस्त्र प्रहरी बल प्रमुख खनाल दार्चुला प्रस्थान

 

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल आज दार्चुला प्रस्थान गर्नु भएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको सीमा सुरक्षका लागि राखिएको अस्थायी क्याम्प निरीक्षण गर्न उहाँहरू सेनाकाे हेलिकप्टरमार्फत त्यसतर्फ लाग्नुभएकाे हाे ।

लकडानको मौका छोपेर नेपाली भूमिमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि एकमहना अघि नेपाल सरकारले सो क्षेत्रको सीमा सुरक्षाका लागि तत्काल शसस्त्रको अस्थायी क्याम्प बसालेको थियो ।

कालापानी, लिपूलेक र लिम्पियाधुराको सीमा निगरानीका लागि दार्चुलाको छाँग्रुमा छाङ्ग्रुमा सशस्त्र प्रहरीको बीओपी राखेको थियो ।

प्रधानसेनापति थापा र सशस्त्र प्रहरी बलका प्रमुख खनालले सोही बीओपीको निरीक्षण गर्नुहुने भएको छ ।

उहाँहरु नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलका लागि प्रस्थान गरिसक्नुभएको गृह स्रोतले जनाएको छ ।

‘मौसम अनुकुल भए उहाँहरुले सो क्षेत्रको निरीक्षण गर्नुहुने छ’- स्राेतले बतायाे । छाँग्रुमा २५ जना सशस्त्र प्रहरी अहिले भाडाको घरमा बसिरहेका छन् ।

यो क्याम्प कालापानी क्षेत्रबाट १२ किलोमिटर वर रहेको छ ।

प्रकाशित भएको : June 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु