‘क्वारेन्टिनबाट राति–राति डर लाग्यो हजुर भन्ने फोन आउँछ’

 

राष्ट्रियसभाकी सांसद विमला राई पौडेलले क्वारेन्टिनको अवस्था दर्दनाक रहेको बताएकी छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले क्वारेन्टिनहरू खासगरी महिला, बालबालिका तथा वृद्ध–वृद्धामैत्री नभएको धारणा राखेकी हुन् ।

सुरक्षाको दृष्टिकोणले पनि क्वारेन्टिनको अवस्था दर्दनाक रहेको सांसद पौडेलको भनाइ छ ।

बैठकमा उनले भनिन्, ‘सुरक्षा अवस्था त कस्तो छ भने काठमाडौंमा महिला अधिकारकर्मीलाई डर लाग्यो हजुर, कोठमा चुक्कुल छैन भन्ने खालका फोनहरू पनि आउन थालेका छन् ।’

कोेभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा महिला मन्त्रालयको उपस्थिति अनिवार्य बनाउन पनि उनले माग गरिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरी एक लाख ३३ हजार ९ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित भएको : June 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु