सुर्खेतमा आ’त्म’ह’त्या गरेकी युवतीमा कोरोना संक्रमण पुष्टि

 

सुर्खेत । सुर्खेतमा झुण्डिएर मृ’त अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

घर नजिकै झुण्डिएर आ’त्म’ह’त्या गरेकी सिम्ता गाउँपालिका-८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।

असार १ गते आ’त्म’ह’त्या गरेकी उनको श’व पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।

पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् ।

क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको उनले बताए ।

यो कर्णालीमा मृ’त्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ । युवतीको श’व मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको श’व व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

प्रकाशित भएको : June 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु