चीनले रुसलाई युक्रेन युद्धमा सघाउन सैन्य सहयोग गर्न सक्ने दाबी

 

चीनले रुसलाई युक्रेन युद्धमा सघाउन सैन्य सहयोग गर्न सक्ने दाबी

सुदर्शन खबर \

२०७८ चैत १

एजेन्सी \

युक्रेनको राजधानी किएभ क्षेत्रमा रुसले सोमबार बिहान गोलाबारी गर्दा आवासीय भवन क्षतिग्रस्त भएको छ । तस्बिर : युक्रेनको आपतकालीन सेवाको टेलिग्राम
सम्बन्धित
‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’
चीनले युक्रेन युद्धका लागि रुसलाई सैन्य सहयोग गर्न सक्ने संकेत दिएको दाबीसहितका खबर प्रकाशित भएका छन् ।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले रुसको आग्रहमा चीनले सैन्य सहयोग दिन सक्ने देखिएको दाबीसहितका खबर प्रकाशित गरेका हुन् ।

तर अमेरिकामा रहेका चीनका कूटनीतिक अधिकारीले भने आफूहरुलाई यसबारेमा कुनै जानकारी नरहेको र आफूहरुले यस्तो कुरा पनि नसुनेको बताएका छन् । चीनको धारणा दुवै जारी युद्ध ‘नियन्त्रण भन्दा बाहिर’ नजाओस् भन्नेमा रहेको चिनियाँ अधिकारीको भनाइ छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । विश्वका अधिकांश देशले रुसी आक्रमणको विरोध गर्दा चीनले हालसम्म तटस्थ बस्ने नीति लिएको छ । उसले अहिलेसम्म युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन ।

यहि परिवेशमा द फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्सले रुसले चीनसँग सैन्य तथा वित्तिय सहयोग माग गरेको खबर आइतबार प्रकाशित गरेका थिए ।

त्यसपछि सोमबार सो विषयका थप समाचारहरु आएका छन् । नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनले रुसलाई सैन्य सहयोगका लागि आफू तयार रहेको खालको संकेत गरेको दाबीसहितका खबर प्रकाशित गरेका हुन् ।

चीनको विदेश मन्त्रालयले अमेरिकाले गलत जानकारी फैलाइरहेको आरोप लगाएको छ । यस्तै रुसले चीनसँग सैन्य सहयोग नमागेको दाबी गरेको छ ।

तर प्रकाशित भएका समाचारहरुमा रुसले पछिल्ला दिनमा चीनसँग ड्रोनसहितका सैन्य सामग्री माग गरेको उल्लेख छ ।

सोमबार अमेरिकाले आफ्ना साझेदार–सहयोगी देशहरुलाई चीनले रुसलाई सैन्य सहयोग दिन सक्ने भन्दै सचेत गराएको छ ।

यसैबीच इटालीको रोममा भएको अमेरिकी र चिनियाँ अधिकारीबीचको बैठकको क्रममा यो विषयमा चर्चा भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभन र चीनका शीर्ष कूटनीतिज्ञ तथा पूर्व विदेशमन्त्री याङ जिचीबीच रोममा वार्ता भएको हो ।

त्यसक्रममा सलिभनले रुसलाई युक्रेन युद्धका लागि सैन्यसहितका सहयोग गरेमा चीनले गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी दिए ।

त्यसको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले युद्धलाई लिएर चीनलाई निशाना बनाइ अमेरिकाले नियतवश गलत जानकारी फैलाइरहेको आरोप लगाए ।

सम्बन्धित समाचार

प्रकाशित भएको : March 15th, 2022

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु