कोरोनाबाट मृ’त्यु भएकी महिलाको सम्मानपूर्वक अन्त्येष्टि

 

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्त्येष्टि पीडादायी हुन्छ ।

मृ’त्यु’पछि अन्त्येष्टिका लागि घाटमा लैजान खोज्दा स्थानीयले विरोध समेत सामना गर्नु परेका घटना छन् ।

तर कैलालीकी कोरोना सङक्रमित महिलाको भने सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ ।

लम्कीचुहा २ की ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृ’त्यु भएको थियो ।

बिहीबार नेपाली सेनाको टोलीले बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा उनको श’व व्यवस्थापन गरेको छ ।

‘अन्यत्र दर्दनाक तरिकाले श’व व्यवस्थापन गरेको देखिन्छ ।

त्यसैले यहाँ सम्मानपूर्वक व्यवस्थापन गर्न खोजेका हौं’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

प्रकाशित भएको : June 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु