
भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको छ । भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रक नेपाली उत्पादन मेची पुलमा थन्किएको छ ।
लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भइरहेको समयमा नेपाली वस्तु निर्यात हुन दिइएको छैन ।
विना कारण भारतले नेपाली सामानलाई सीमामा रोकेर राखेको छ ।
नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायीबीचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गरिएको हो ।
तर, भारतीय प्रहरीले पुलबाट प्रवेश गर्नै दिएन ।
उहाँका अनुसार बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोक्यो ।
भारतीय पक्षले गाडी अगाडी जान नदिएपछि फर्काउन पनि नमिलेको भन्दै उहाँले सबै गाडी मेची पुलमा अलपत्र परेको जानकारी दिनुभयो ।
नेपालबाट चिया, अलैंची र अम्रिसोका गाडी भारत र बंगलादेशका लागि पठाइएको हो ।
चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात हुँदै आएको छ ।
मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दियो ।
भन्सार प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई दिइएको छ ।
त्यहि अनुसार नेपाली सामान भारतीय प्रहरीले सीमामा रोकेको हो ।
प्रतिकृया दिनुहोस्