भर्खरै कोरोना विरुद्धको लडाँई जित्न सफल भएको न्युजील्याण्डमा शक्तिशाली भुकम्प गयो

 

काठमाडौं । भर्खरै कोरोना विरुद्धको लडाँई जित्न सफल भएको न्युजील्याण्डमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षणले यस केन्द्रले दिएको जानकारी अनुसार भुकम्प ७.४ रेक्टर स्केल मापन गरिएको छ ।

विज्ञहरुका अनुसार ६ रेक्टर भन्दा माथिको भुकम्पलाई शक्तिशाली भुकम्पको रुपमा लिने गरिन्छ ।

अर्को तिर ३ वा त्यो भिन्दा कम रेक्टर स्केलमा भए त्यसलाई सामान्य मानिन्छ ।

अर्को तिर भारतको मिजोरममा पनि बिहीबार साँझ ५ रिक्टर स्केलको भूकम्प आएको बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले उत्तरपूर्वी न्यूजील्याण्डको केर्माडेक टापुको ओपिटिकीमा क्षेत्रमा ३३ किलोमिटर तल रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।

यो भनिएको छ कि भूकम्पको प्रभावका कारण न्यूजील्याण्डमा सुनामी आउँदैन् ।

तर केन्द्रविन्दुबाट ३०० किलोमिटर वरपरसम्म सुनामीले विनाश निम्ताउन सक्छ ।

जियोनेटका अनुसार करिब ९ हजार मानिसहरुले यो भूकम्पको धक्का महसुस गरेका छन् ।

यस्को क्षतिबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रकाशित भएको : June 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु