आज विदेशबाट २४ जनाको शव नेपाल ल्याइदैँ, कतारबाट मात्रै २० जनाकाे शव आउँदै (नामावली सहित)

 

असार । विदेशबाट आज २४ जनाको शव नेपाल ल्याइदैँछ । वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा ज्यान गुमाएका नेपालीहरुको शव आज ल्याउन लागिएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट मात्रै २० नेपालीको शव ल्याइदैँछ । त्यस्तै युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार कतार एयरवेजमार्फत २० वटा शवसँगै अन्य ४३ जना नेपाली कामदार पनि ल्याइदैँछ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।

बोर्डका अनुसार कतारबाट कपिलवस्तुका महमुद अलमान मुसलमान, सिरहाका रुपेशकुमार मण्डल र कासिदेव यादब, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, सर्लाहीका मुस्ताक साइक र मनोज पासवान, सधोवाका पासवान र अरुणकुमार पंजियारको शव नेपाल ल्याइदैँछ ।

त्यस्तै लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, मोरङका युवराज अधिकारी, भोजपुरका मीनबहादुर थापा र मंगलबहादुर तामाङ, सुर्खेतका नरबहादुर कामी, बर्दियाका सुकराम थारु्, महोत्तरीका शिवशंकर राउत र अनिल चौधरी, धनुषाका चुतर्वा मण्डल, मकवानपुरका जितेन्द्र थापामगर र रुपन्देहीका यामबहादुर थापाको शव नेपाल ल्याइदैँछ ।

साउदीबाट भैरब बहादुर बस्नेत, कुवेतबाट नुवाकोटका सोनि तामाङ र सङ्खुवासभा मानव आलेकाे शव नेपाल ल्याइदैँछ भने सोलुका पेम्बा नुर्बु शेर्पाकाे शव नेपाल ल्याइदैँछ । निर्देशक श्रेष्ठका अनुसार ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ ।

प्रकाशित भएको : June 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु