
सरकारले कोरोनाको कारण रोकिएको वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शुक्रबार बसेको बैठकले बिदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदरीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।
बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुको स्वदेश फिर्तीका लागि कार्यविधि बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसअघि असार १ गते सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन अन्तरिम आदेश जारी गरेको थियो ।
त्यही आदेशअनुसार कस्ता श्रमिकलाई कसरी ल्याउने भनेर श्रम मन्त्रालयले कार्यविधि बनाउने काम अघि बढाइसकेको छ ।
विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनि श्रमलाई दिइएको छ । अन्र्तराष्ट्रिय उडान नहुँदा लामो समयदेखि विदेशमा नेपालीको शव रोकिएका छन् । आज कतारले २० जना नेपालीको शव भने चार्टर्ड जहाजमार्फत पठाएको छ ।
प्रतिकृया दिनुहोस्