नेपालमा काेराेना संक्र’मणबाट थप एक काे मृ’त्यू

 

गुल्मीमा होम क्वारेन्टिनमा मृ’त्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ आएको छ ।

छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृ’त्यु भएको थियो । मृ’तका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

मृत’क प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो ।

मृत’कको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

प्रकाशित भएको : June 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु