गण्डकी प्रदेशमा एकैदिन १०८ संक्रमित थपिए, संक्रमितको संख्या ४८८

 

गण्डकी प्रदेशमा आज एकैदिन १०८ संक्रमित थपिएका छन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४८८ पुगेको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार अज मात्र थप १०८ जनामा संक्रमण पुष्टी भएको हो । आज बिहानको अपडेट अनुसार ५८ जना कोरोना संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ४ सय ३८ पुगेको थियो भने साँझ थप ५० जना थपिएका छन् ।

थपिएका हरु तँनहुमा २ जना, बाग्लुङमा २९, नवलपरासी बर्दघाट सुस्ता पुर्व १८ र मुस्ताङमा १ जना रहेका छन् । उनिहरु सबै सम्बन्धीत जिल्लाको क्वारेन्टाईनमा रहेको निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिएका छन् । यस अघि गण्डकी प्रदेशको मुस्ताङ बाहेकका जिल्लामा संक्रमण देखिएको भएता पनि आज सम्म मुस्ताङमा संक्रमण देखिएको थिएन । आज मुस्ताङमा पहिलो पल्ट संक्रमण देखिएको हो यो सँगै गण्डकीका ११ वटै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । वालिङका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको हो ।

प्रकाशित भएको : June 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु