साढे ३ घण्टासम्म सूर्य ग्रहण लाग्दै , सूतक राति १०:५० बाट नै सुरू

 

आइतबार नेपाली आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दै छ। वरिष्ठ खगोलविद सहप्राध्यापक जयन्त आचार्यका अनुसार काठमाडौंको आकाशमा ८८ प्रतिशतसम्म सूर्य ढाकिनेछ।

सुदूरपश्चिमको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यले बताए।

सूर्य ग्रहण नेपाली समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा सुरु भई अपराह्न २ बजेर २४ मिनेटमा सकिनेछ। आचार्यले भने, ‘१२ बजेर ४१ मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ। त्यतिबेला वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ।’

यति लामो समय (साढे ३ घण्टा) सम्म सूर्य ग्रहण विरलै देखिने आचार्यले बताए। उनका अनुसार नेपालबाट अब यस्तो सूर्य ग्रहण ४४ वर्षपछि मात्र देखिनेछ।

यसरी नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको हुनेछ । ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुको प्रमाण छ । सूर्य ग्रहणमा ४ प्रहर ( १२ घण्टा ) र चन्द्र्रग्रहणको समयमा ३ प्रहर ( ९ घण्टा ) अगाडि नै सूतक लाग्ने गर्दछ । यसकारण ७ गते लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय ६ गते राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले ६ गते राति १०ः५० देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ ।

नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपिया लगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरुबाट समेत देख्न सकिन्छ ।

ग्रहण २ प्रकारको हुन्छ । १) खण्डग्रास २) खग्रास

सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ । र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।

आइतबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्य ग्रहण हो । चन्द्रग्रहण पूर्णिमा तिथिमा र सूर्य ग्रहण औँसी तिथिमा लाग्दछ ।

ग्रहण सधैं चन्द्रमामा र सूर्यमा मात्र लाग्छ । ग्रहण लागेको समयमा चन्द्र र सूर्य कमजोर हुन्छन् । ज्योतिष शास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा बर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ ।

आइतबारको सूर्य ग्रहण : कुन राशिलाई कस्तो ?
मेष : श्रीप्राप्ती

​वृष : क्षति

मिथुन : घात

कर्कट : व्यय

सिंह : लाभ

कन्या : सुखम्

तुला : माननाश

वृश्चिक : कष्ट

धनु : स्त्रीपीडा

मकर : सौख्यम्

कुम्भ : चिन्ता

मीन व्यथा

यसरी आइतबारको ग्रहणको फल मेष, सिंह, कन्या, र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ ।

प्रकाशित भएको : June 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु