राप्ती नदीले खतराको सङ्केत पार गर्‍यो, बाँधको ढोका खोल्न भारतिय पक्ष संग समन्वय हुदै

 

बाँकेको राप्ती नदीमा पानीको सतह खतराको सङ्केतभन्दा माथि पुगेपछि लक्ष्मणपुर बाँधकाे ढोका खोल्न भारतीय पक्षसँग समन्वय भएको छ ।

नदीमा पानीको सहतले खतराको सङ्केत पार गरेपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमावर्ती भारतीय सुरक्षा अधिकारीसँग कुराकानी गरी बाँधको ढोका खोल्नको लागि प्रहरी टोली भारततर्फ पठाइएको जानकारी दिनुभयो ।

यसैगरी सिक्टा सिँचाइ आयोजनाको बाँधको ढोका खोल्नसमेत प्रशासनले निर्देशन दिएको छ । प्रशासनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन साइरन बजाइएको छ ।

जिल्ला आपत्कालिक कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरीलाल बुढाथोकीले नदीमा पानीको सतह ५ दशमलव ६४ मिटर पुगेको जानकारी दिनुभयो । जिल्ला प्रशासनमा सुरक्षाकर्मी र उद्धारको सामाग्री तयारी अवस्थामा राखिएको छ ।

राप्ती नदीमा पानीको सतह ५ दशमलव मिटर पुगेपछि खतराको सङ्केत मानिन्छ ।

प्रकाशित भएको : June 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु