वैबाहिक अंगीकृत नागरिकता ऐन ल्याउन खोजिए सडक र संसदमा संघर्ष हुन्छ : प्रदीप यादव

 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले वैबाहिक अंगीकृत नागरिकता सम्बिधत नेकपाको निर्णय मधेस बिरोधी भएको आरोप लगाएको छन् । यसले मधेसी जनताको अस्मितामाथि आक्रमण हुने उनको भनाइ छ ।

विवाह भएको ७ वर्षपछि मात्र बैवाहिक अंगीकृत नागरिकता दिने नेकपाले निर्णय गरेको मधेसको संस्कृतिमाथि नै प्रहार गरेको उनले बताए ।

‘मधेसमा बसोबास गर्ने मधेसीहरूको भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बंगाल लगायतको ठाउँमा एक अर्का विच बिहाबारी को सम्वध यो दुर्इ वाटै देशको राजनीतिक नक्साभन्दा पहिलेदेखि कायम छ,’ सासद यादवले भने, ‘परम्परा दुवै देशका नागरिकको जीवनसँग जोडिएको छ । यस परम्परागत सांस्कृतिक सम्वधलाई तोड़नका निमित्त कसैको डिजाइनमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीले मधेसी बिरोधी निर्णय गरेको छ ।’

वैबाहिक अंगीकृत नागरिकता सम्बिधत ऐन ल्याउन खोजेर बिद्रोहका निम्ति जनतालाई उक्साउने प्रयास स्वरुपअघि सारिएको भन्दै सबै सचेत वर्ग यसको बिरोधमा उत्रिएको बताए ।

‘यस्तो जनविरोधी निर्णयको म घोर बिरोध गर्दछु । यदि यस्तै यो विधेयक पास गर्न खोजियो भने हामी संसद र सड़कमा यसको विरुद्धमा आवाज उठाउँछौं,’ उनले ते-स्र्याए, ‘यस्तो निर्णयले विवाहको ७ वर्षपछि पार्ने प्रभाव हेर्नु पर्ने हुन्छ । विवाह भएको एक वर्षमा बच्चा जन्मिनछ, जन्मदर्ता कसरी गर्ने ? त्यतिमात्र होइन विवाह भएर आएकी महिलाले लोकसेवा आयोगको जाँच दिनु पर्यो दिन पाउने की नपाउने ?’

उनले विदेशमा रहेको श्रीमानसँगै वस्न नेपाली राहदानी बनाउनु पर्यो र सात वर्ष अगावै श्रीमानको देहान्त भयो के हुन्छ भन्ने उनको प्रश्न छ ।

उसले अंश पाउन र नाता प्रमाणित गरी नागरीकता लिन आदि सबै अधिकारबाट बञ्चित हुनु पर्छ कि पर्दैन भन्दै उनले यो मानवअधिकार र लोकतन्त्र विरोधी कार्य कदम भएको बताए । यसमा सबै न्यायप्रेमी जनताले यो जनविरोधी निर्णयको विरोध गर्नुपर्ने यादवको बताए ।

प्रकाशित भएको : June 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु