दानवखोलामा निर्माणाधीन मोटरेबल पुल भाँचियाे, इन्जिनियर घाईते

 

असार । रुपन्देहीको सियारी गाउँपालिका छपियामा पर्ने दानवखोला पार गर्न निर्माण गरिएको मोटरेबल पुल निर्माणकै क्रममा भाचिएकाे छ ।

पुल भाँचिँदा इन्जिनियर महेश्वर लम्साल घाइते भएका छन् ।

उनको हात भाँचिएको र उपचारको क्रममा लुम्बिनी सिटी अस्पतालमा रहेको सडक डिभिजन बुटवलले जानकारी दिएको छ ।

दयानगर-छपिया जोड्ने पुललाई निलगिरी नेशनल जेभीले निर्माणको ठेक्का पाएको थियो ।

हिजो रातिदेखि परेको अविरल वर्षाको कारण खोलामा आएको बाढीले पुललाई कमजोर बनाएको बताइएकाे छ ।

पुलमा एकमात्र स्ल्याब तयार भएकोले बाढीले कमजोर बनाई भाँचिएको सहायक इन्जिनियरले बताए ।

सडक डिभिजन बुटवल अन्तरगत निलगिरी नेशनल जेभीद्वारा निर्मित पुलको प्रीस्ट्रेसिङ्गको काम गर्दै गर्दा पुल भाँचिएको थियो ।

पुलमा कार्यरत अन्य मजदुर भने हाम फालेर बाँचेका थिए ।

नयाँ प्रविधिको पुल भनेर चिनिने यो पुलको प्रयोग नेपालको धेरै ठाउँमा असफलसिद्ध भएको छ ।

प्रकाशित भएको : June 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु