क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृ’त्यु

 

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको क्वारेन्टाइनबाट घर फर्किएका एक जना युवकको मृ’त्यु भएको छ ।

भेरीगंगा नगरपालिका ५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृ’त्यु भएको हो ।

जेठ १६ गते भारतको हिमाचलबाट फर्किएका उनी छिन्चुको शारदा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा १४ दिन बसेर जेठ २९ गते घर फर्किएका थिए ।

क्वारेन्टाइनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाइ घर पठाइएको भेरीगंगा नगरपालिका नगर उप प्रमुख रेणु आर्चाय ढकालले बताउनु भयो ।

उनलाई एक सातासम्म होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाइएको थियो ।

युवकलाई एक्कासि झाडापखाला लागेपछि छिन्चुस्थित गणेश मेडिकलमा ल्याइएको र उपचारमै क्रममा उनको मृ’त्यु भएको उप प्रमुख आचार्यले बताउनु भयो ।

मृ’त’कको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ ।

पीसीआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बताइएका छ ।

युवकको श’व प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ ।

यसअघि सुर्खेतको पञ्चपुरी नगरपालिकामा आरडीटी गरेर घर पठाइएका एक युवकको मृ’त्यु भएको थियो ।

प्रकाशित भएको : June 21st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु