
बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको मुद्दा चर्किएको छ ।
अहिले बलिउडकर्मीका सन्तानलाई सामाजिक संजालमा अश्लिल म्यासेज आउन थालेको छ ।
उनीहरुको चर्को ट्रोल पनि भैरहेको छ । नायिका सोनाक्षी सिन्हाले यही कारण देखाउँदै ट्विटरबाट बिदा लिने निर्णय गरिसकेकी छिन् ।
बलिउडमा परिवारवादको चर्को मुद्दा उठेपछि नायिका सोनम कपुरले यो बिषयमा मुख खोलेकी छिन् ।
सोनमले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै लेखेकी छिन्–‘म मेरो पिताकी छोरी हुँ, म उनकै कारणले बलिउडमा छु र यो मेरो विशेष अधिकार पनि हो । यो बेइज्जती होइन ।
मेरो पिताले निकै दुखका साथ काम गरेर मलाई यो हक दिएका हुन् । मलाई उनको छोरी भएकोमा गर्व छ ।’
सोनमले मिडिया र अन्य मानिसहरुले परिवारवादको मुद्दालाई बढाइरहेको आरोप समेत लगाएकी छिन् ।
उनले, मानिसहरुले अरुसँग कसरी दयालु हुनुपर्छ भनेर सिकाइरहेको तर फेरि अरुलाई नै मनमा आएको हरेक कुरा बोलिरहेको पनि बताएकी छिन् ।
प्रतिकृया दिनुहोस्