
अस्ट्रेलियामा ठ’गी गरेको आरोपमा दुई नेपाली प’क्रा’उ परेका छन्।८५ वर्षीया एक वृद्धालाई ठ’गी गरेको आरोपमा दुई नेपाली प’क्रा’उ परेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।
प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार प’क्रा’उ गरेको हो ।
उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।
अस्ट्रेलियाको प्रहरीको वेबसाइटका अनुसार ती वृद्धा महिलालाई उनीहरुले बैंकबाट फोन गरेको भनेर ठगेका थिए। नयाँ अकाउन्ट खोल्नुपर्ने भन्दै उनीहरुले डिपोजिटका लागि ३ हजार डलर र पछि ५ हजार डलर मागेका थिए।
प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई प’क्रा’उ गरेको हो।
दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।
प्रतिकृया दिनुहोस्