खुल्यो सबै यर्थाथ : चीनले नेपाली सिमाना जोडिएका यति धेरै स्थानमा भूमि मिचेको प्रमाण फेला

 

काठमाडौं । वर्षौदेखि चीनको कब्जामा रहेको गोरखाको एक गाउँ नेपालको भएको प्रष्ट्र प्रमाण फेला परेको छ ।

हाल चीनमा परेको रुई गाउँ नेपालकै भएको प्रमाण स्थानीयसँग अझै पनि सुरक्षित रहेको खुल्न आएको हो ।

गोरखाको तत्कालीन ल्हो गाविसका पूर्वअध्यक्ष तेन्जेन लामाले भन्नुभयो, ‘त्यो हाम्रै देश हो, यसको प्रमाण नै छ । रुई गाउँ एकचोटि पुगेको पनि छु म ।’

रुई गाउँ नेपालकै भएको प्रमाणका रूपमा ताम्रपत्र अझै पनि साम्दोमा सुरक्षित रहेको उहाँले दावी गर्नुभयो ।

चीन सरकारले त्यहाँ कसैलाई पनि यताउता डुल्न दिँदैन, जुन घरमा गएको हो त्यहीँ बसेर फर्कनुपर्छ ।

नेपाल र चीनको सीमा सुक्चे खोला रहेको उहाँले जानकारी गराउनुभयो ।

अहिले साम्दो र रुईबीचको ठाउँमा सिमेन्टको मन्दिरजस्तो बनाएर स्तम्भ बनाइएको छ ।

उहाँका अनुसार २०१८–०१९ सालको नापी र मालपोतको अभिलेखमा पनि रुई गाउँ नेपालको भएको प्रमाण पाउन सकिन्छ ।

उहाँले भन्नुभयो, ‘पहिले–पहिले बर्खामा रुईका मान्छे साम्दो आउँथे, हिउँदमा रुई गाउँ उक्लन्थे । पहिले त नुन, उनको व्यापारिक केन्द्र नै साम्दो थियो नि ।’

चीनले तिब्बतलाई आफ्नो स्वशासित क्षेत्र बनाएपछि नेपालको केही भूभाग तिब्बततिर परेको हुन सक्ने आशंका गरिएको छ ।

गोरखा मात्रै नभएर अन्य केही हिमाली जिल्लाहरुमा नेपालको सीमा चीनले कब्जा गरेको छ ।

सरकारी अधिकारीहरूका अनुसार ५ हिमाली जिल्लाको करिब १ हजार ४ सय ५६ रोपनी तथा गोरखा र दार्चुलाका एक–एक नेपाली गाउँ चीनले अतिक्रमण गरेको छ ।

दार्चुलाको जिउजिउ गाउँ जहाँ १८ घर चीनतर्फ गएका छन् । गोरखाको रुई गाउँ जहाँ ७२ घर रहेका छन् ।

हुम्लामा भागदारे खोलामा ६ हेक्टर र कर्णाली नदीमा ४ हेक्टर जमिन चीनले कब्जा गरेको छ ।

रसुवामा सान्जेन खोलामा ४ हेक्टर, भुर्जुग खोलामा १० हेक्टर, जम्बु खोलामा ३ हेक्टर र लेम्दे खोलामा १० हेक्टर भुमि चीनको कब्जामा रहेको छ ।

सिन्धुपाल्चोकको खराने खोलामा ७ रेक्टर र भोटेकोसीमा ६ हेक्टर नेपाली भुभाग चीनले कब्जा गरेको छ ।

दोलखामा बिगु गाउँपालिक–१ कोर्लाङमा ९९ रोपनी जग्गा चीनको नक्सामा परेको छ । संखुवासभामा पनि चीनले नेपाली भुमि कब्जा गरेको छ । सं

खुवासभाको सुमजुग खोलामा ३ हेक्टर अनी काम खोलामा ७ हेक्टर र अरुण खोलामा ४ हेक्टर जमिन चीनले कब्जामा लिएको छ ।

नेपाल सरकारले चीनसँग वार्ता गरेर सीमा विवाद मिलाउन प्रयत्न गरिरहेको नापी विभागका अधिकारीहरुको दावा रहेको छ ।

प्रकाशित भएको : June 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु