गोर्खा सैनिकको नाम लिएर विप्लवले जारी गरेको एक यस्तो विज्ञप्तिले भारतभर हंगामा

 

काठमाडौ । भारत–चीनबीचको सीमा विवाद चर्कदै गएको छ । लद्दाखको गाल्वान उपत्यकामा केही दिन पहिले भएको लडाँईमा भारतका एक कमान्डरसहित २० जवानले ज्यान गुमाएका थिए ।

यो बीचमा नेपाल सरकारद्धारा प्रतिवन्धको मार खेप्दै आएका नेत्र विक्रम चन्द भन्छन् कि नेपाली नागरिकलाई भारतले चीनको बिरूद्ध प्रयोग गर्नु हुँदैन ।

यस विषयलाई भारतले विशेष महत्वको साथ लिएको छ ।

चर्चित अंग्रेजी पत्रिका ‘द हिन्दु’ले नेपालको एक अवैध राजनीतिक समूहले भारतका गोर्खा नागरिकहरू चीनको बिरूद्ध गर्न नहुने माग गरेका छन भनेर लेखेको छ ।

समाचारमा थप भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको छ जुन अहिले भूमिगत छ ।

तर काठमाडौंमा क्रान्तिकारी वामपन्थीहरूको नेतृत्वमा नेपाली नागरिकलाई गोर्खा रेजिमेन्टका रुपमा भारतीय सेनामा भइरहेको भर्ती तत्काल रोक्न आग्रह गरिएको छ ।’

नेपालमा यस खालका आवाजहरु पहिले देखि नै उठ्दै आएका छन् ।

नेपाल एक स्वतन्त्र मुलुक भएको भन्दै कुनै एक देशको स्वार्थका लागि प्रयोग हुनु हुँदैन् ।

भारत र चीनको सीमा तनाव पछि गाल्वान उपत्यकामा भारतीय सैनिकले ज्यान गुमाएपछि भारतले हाल विदामा नेपाल आएका गोर्खा रेजिमेन्टमा रहेका नेपालीलाई काममा फर्कन भनेपछि विप्लवको यस्तो प्रतिकृया आएको हो ।

विप्लवका अनुसार भारतीय पक्षले चीनका बिरूद्धको ल–डाईमा हाम्रा नेपाली गार्खालाई भारत–चीन सीमामा तैनाथ गर्ने तयारी गरिरहेको छ ।

यो भन्दा पहिले रक्षामन्त्री इश्वर पोखरेलले पनि गोर्खा रेजिमेन्टको नाम लिएर भारतलाई चेतावनी दिइसकेका छन् ।

विज्ञप्तिमा ‘नेपाल ‘गठबन्धनविहीन विदेश नीति’ अनुसरण गर्दछ भनिएको छ ।

भारतले गोर्खा सेनाको परिचालन चीनसँगको सीमामा गर्दा नेपालको विदेश नीतिको उल्टो हुने कुरा चन्दले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल एक स्वतन्त्र राष्ट्र हो र एक देशको सेनाका लागि कार्यरत युवाहरुलाई अर्को देशको बिरूद्ध प्रयोग गर्नु हुँदैन ।’

नेपालको विदेश मन्त्रालयले दुवै देशहरुलाई शान्तिपुर्ण तरिकाले वार्तामार्फत समाधान खोज्न भनेको छ ।

मन्त्रालयले जारी गरेको बयानमा भनिएको छ, ‘हाम्रो मित्र छिमेकी भारत र चीनको बीचमा गाल्वान उपत्यका क्षेत्रमा हालसालै भएका घटनाक्रमका सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी देशहरूले आपसी मतभेद द्विपक्षीय, क्षेत्रीय र शान्तिपूर्वक देशका पक्षमा सुल्झाउनेछन्।’

नेपालले भारत र चीनले विश्व शान्ति र स्थायित्वमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित भएको : June 24th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु