
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा थप गम्भीर खुलासा भएको छ ।
यस प्रकरणमा लागेका डाक्टरहरुले अन्तिम पो–स्टमा–र्टम रिपोर्ट सार्वजनिक गरेका छन् ।
जसमा सुशान्तको फाँ–सीको कारण मृत्यु भएको पाइएको छ ।
पाँच जना डाक्टरहरुको टोलीले अन्तिम पो–स्टमा–र्टम रिपोर्टमा यस्तो कुरा उल्लेख गरेको छ ।
जबकि भिसेरा रिपोर्ट आउन अझै बाँकी रहेको बताइएको छ ।
मुम्बई पुलिसले भिसेरा रिपोर्टका लागि डीजी फोरेन्सिकलाई पनि पत्र लेखेको छ ।
मुम्बई पुलिसका अनुसार सुशान्तको घाँटीमा परेको दवाबका कारण ज्यन गएको छ ।
अनुसन्धानमा शरीरमा चोट लागेकोजस्तो कुनै संकेत देखिएको छैन ।
सुशान्तको शरीरमा कुनै निशानहरू फेला परेनन्, न त कुनै न दाग पत्ता लाग्यो ।
सुशान्तको सीए मुम्बईको पुलिसले आज एक प्रतिवेदन लिएको छ । अहिलेसम्म डाक्टरको बयान लिइएको छैन ।
जुन १४, सुशान्त सिंह राजपूतले मुम्बईको आफ्नै घरमा देहत्याग गरेका थिए ।
हालसम्म पुलिसले यस मामलामा २५ भन्दा बढी व्यक्तिलाई सोधपुछ गरिसकेको छ ।
यसमा उनका परिवारका सदस्यहरू, साथीहरू, रिया चक्रवर्ती र सँगै काम गर्ने मानिसहरू समावेश छन् ।
मुम्बई पुलिसले यो पनि भनेको छ कि जसले उनको मृत्यु बारेमा अनुमान चलाउँछन् उनीहरुलाई पनि सुशान्तको मृत्युको बारेमा प्रश्न गरिनेछ ।
प्रतिकृया दिनुहोस्