नगरपालिकामा एमालेबाट श्रीमान् श्रीमती नै मेयर–उपमेयरका लागि सिफारिस

 

अमरगढी नगरपालिकामा एमालेबाट श्रीमान् श्रीमती नै मेयर–उपमेयरका लागि सिफारिस

सुदर्शन खबर

डडेलधुरा

बैशाख ९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा एमालेबाट श्रीमान्‌–श्रीमती नै नगर प्रमुख र उपप्रमुखका लागि सिफारिस भएका छन् । एमाले जिल्ला कमिटी बैठकले अमरगढी नगरपालिकामा श्रीमान् श्रीमतीलाई नै प्रमुख र उपप्रमुख लागि नाम सिफारिस गरेको हो ।

अमरगढी नगरपालिका –७ का तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकार र एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज डडेल्धुराका इन्चार्ज इन्दिरा ताम्राकार अमरगढी नगरपालिकाको मेयर र उपमेयरमा सिफारिस भएका हुन् ।

उनीहरूको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको हो । अमरगगढी नगरपालिकामा करन ताम्राकारसहित ८ जना मेयरमा र इन्दिरा ताम्राकार सहित ३ जना उममेयरमा सिफारिस भएका छन् ।

प्रकाशित भएको : April 22nd, 2022

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु