नेपालमा ७७ वटै जिल्लामा काेराेना सङ्क्रमण फैलियाे, सङ्क्रमितकाे सङ्ख्या १२ हजार भन्दा बढि

 

नेपालमा ७७ वटै जिल्लामा काेराेना भाइरसकाे सङ्क्रमण फैलिएकाे छ । आज रसुवामा पनि सङ्क्रमण देखिएसँगै नेपालभर काेराेना फैलिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  शनिबार रसुवाका नाै जनासहित पाँच सय ५४ जनामा काेराेना पुष्टि भएसँगै सङ्क्रमितकाे सङ्ख्या १२ हजार तीन सय नाै पुगेकाे हाे । रसुवामा सङ्क्रमण पुष्टि भएकामा आठ जना महिला र एक पुरुष रहेका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय २० जना महिला र चार सय ३४ पुरुष गरी पाँच सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक एक सय ३६ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।

यसैबीच कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या २८ पुगेको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे र उनमा सङ्क्रमण देखिएकाे मन्त्रालयले पुष्टि गरेको हो ।

गण्डकी प्रदेशमा थपिए ३४ जना कोरोना संक्रमित, गण्डकीमा संक्रमितको कुल संख्या ८८८ पुग्यो

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । शनिबार मात्रै कोरोना भाइरसका ८२ नयाँ संक्रमित गण्डकी प्रदेशमा थपिएका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८८८ पुगेको छ । पछिल्लो अपडेटअनुसार बागलुङमा २७, तनहुँमा ६ र पर्वतमा १ गरि ३४ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँको शक्लागण्डकी नगरपालिकामा २ महिला, भानु नगरपालिकामा ३ पुरुष र व्यासमा नगरपालिकामा १ बालिका संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखराको ल्याबमा गरिएको परिक्षणमा बागलुङ बडीगाडमा ६, बागलुङ नगरपालिकामा १७, काठेखोलामा दुई महिला र दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरि पर्वतको कुश्मा नगरपालिमा पनि स्वास्थ्य निर्देशनालयले एक पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ । प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा कर्णाली प्रदेश सल्यान जिल्लाका एक पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

तनहुँका थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०८ पुग्यो । पोखरासहित गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, गण्डकीमा संक्रमित संख्या ८५४ पुग्यो

प्रकाशित भएको : June 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु