क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको मृ’त्यु

 

नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीको क्वारेन्टिनमा रहेका एक ४५ वर्षीय पुरुषको मृ’त्यु भएको छ । प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनको आज विहान मृ’त्यु भएको हो । शनिवार राति स्वास्थ्य अवस्था ग’म्भिर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बर्दघाट–२ चिसापानीका ती पुरुष असार १२ मा भारतको मुम्बईबाट आएर चिसापानी दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । मृ’तकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।

याे पनि पढ्नुहाेस्
कोरोना भाइरसबाट विश्वभर एक करोड संक्रमित, मृ’त्यु हुनेको संख्या ५ लाखबढी

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सं’क्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७६ हजारबढी सं’क्रमित भएसँगै कोरोनाबाट हालसम्म १ करोड ८० हजार २२४ जना संक्र’मित भएका छन् । यस्तै कोरोनाबाट मृ’त्यु हुनेको ५ लाख नाघेको छ । यस भाइरसबाट ५ लाख १ हजार २६२ जनाले ज्यान गुमाइसकेका छन् ।

५४ लाख ५७ हजार ९४५ संक्रमितले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृ’त्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ४१ लाख २१ हजार १७ रहेको छ । तीमध्ये ५७ हजार ७ सय ४८ जना गम्भीर बि’रामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या २५ लाख ९६ हजार ५३७ पुगेको छ भने मृ’त्यु हुनेको संख्या १ लाख २८ हजार १५२ पुगेको छ । १० लाख ८१ हजार ४३७ जना निको भएर घर फर्केका छन् भने १५ हजार ८१६ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या १३ लाख १५ हजार ९४१ पुगेका छ भने मृ’त्यु हुनेको संख्या ५७ हजार १०३ रहेको छ ।

प्रकाशित भएको : June 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु