
काठमाडौं । नेपालको नाम लिएर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा एक गम्भीर समाचार आएको छ ।
सोमालियाका सुरक्षा फौजले मुस्लिम अ’तिवा’दी समूह अलसबाबका कमाण्डरलाई सि’ध्याएको बताएका छन् ।
त्यहाँको राष्ट्रिय रेडियोले बिहीबार भएको का’रबा’हीका क्रममा अल सबाबका ल’डाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदानलाई सि’ध्याएको बताएको छ ।
सरकारी रेडियोका अनुसार हमदान नेपालबाट गएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका बरिष्ठ प्रशिक्षक थिए ।
हमदानको मृत्युको समाचार रोयटर्सले पनि लेखेको छ । रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ । हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा सक्रिय थिए ।
उक्त का’रबा’हीमा उनीसँगै अरू तीन ल’डाकुलाई सि’ध्याएको बताइएको छ ।
सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम स’रिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि यु–द्धमा छ ।
त्यति टाढाको यु–द्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलासा भएको छैन ।
प्रतिकृया दिनुहोस्