
काठमाडौं । सीमा विवाद समाधान नभएसम्म कुनै पनि नेपालका मन्त्री भारत भ्रमणमा नजाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूमि फिर्ता नगरेसम्म मन्त्रीहरुको भ्रमणमा रोक लगाउने बताउनु भएको छ ।
भारतले नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने प्रधानमन्त्री ओलीले बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘लिपुलेक कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो र यो भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ यदि न गरेको खण्डमा हामी जसरी भए पनि हाम्रो बनाउन जानेको छौ ।’
सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतविरुद्ध प्रदर्शन गरिएको थियो ।
अहिले हाल भारतले लिपुलेक मा चीनको नाका मानसरोवर जाने सडकको उद्घाटन गरे पछि पनि भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्