7 months ago

काठमाडौं । चीनसँग सीमा विवाद बढ्दै जाँदा भारतले गम्भीर कदम चालेको छ । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।
सीमामा तनाव बढ्दै जाँदा भारतले यस्तो कदम उठाएको हो । प्रतिबन्ध लगाइएका मुख्य एपहरुमा सेयरइट, यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता एप छन् ।
ती एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
टिकटिक भारतमा अत्यन्त लोकप्रिय एप हो । टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन् ।
प्रकाशित भएको : June 29th, 2020
प्रतिकृया दिनुहोस्