BREAKING NEWS: एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो, परिवारजन होम क्वारेन्टाइनमा

 

 

माफि सहित यसको सहि न्युज

पटनामा भर्ना भएका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन : अस्पताल

 

पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।

बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।

६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।

यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।
News24nepal

अन्तिम पटक अपडेट गरिएको : March 31st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु