सुस्मिता प्रकरण : श्रीमानको मृत्युपछि आफ्नै ससुराले यतिसम्म गरेको खुलासा ! [४ जना पक्राउ]

 

काठमाडौं । सुस्मिता प्रकरणमा नयाँ खुलासा भएको छ ।

गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको ज्यान लिएको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ ।

सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

छ महिना अघि दुर्घटनामा ज्यान गुमाएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको जबरजस्ती करणी प्रयासको घटना बाहिरिने ड’र लगायतले उनको ज्यान लिइएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर ज्यान लिएको प्रहरीले दावी गरेको छ ।

पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि घटनामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित भएको : June 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु