पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, पेट्रोलमा प्रति लिटर पर्ने भयाे यति धेरै

 

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँ बढाएको छ ।

निगमले इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा कायम भएको छ ।

आयल निगमको निर्णय अनुरुप अब पेट्रोलको खुद्रा मूल्य प्रति लिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रति लिटर २/२ रुपैयाँ बढेको छ ।

निगमले गरेको खुद्रा मूल्य समायोजनपछि थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मट्टितेल ८७ रुपैयाँ पर्न जानेछ ।

यसैगरी पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मट्टितेल ८६ रुपैयाँ ५० पैसा पर्ने छ ।

चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगञ्ज र धनगढीका लागि पेट्रोल प्रति लिटर ९९ रुपैयाँ ५० पैसा, डिजेल प्रति लिटर ८५ रुपैयाँ ५० पैसा र मट्टितेल प्रति लिटर ८५ रुपैयाँ ५० पैसा कायम हुने छ ।

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको जनाएको छ ।

प्रकाशित भएको : June 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु