शिशुलाई जङ्गलमा फाल्ने युवायुवती प’क्रा’उ

 

यही असार १३ गते बाग्लुङकाे निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार प’क्रा’उ गरेको छ ।

प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई प’क्रा’उ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विकलाई पनि प’क्रा’उ गरिएको भण्डारीले बताउनुभयो ।

उनीहरुको पहिलेदेखिनै अ’वै’ध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्गलमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रकाशित भएको : July 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु