बाहिर आइजिपीको भाषण चलिरहँदा जावलाखेल हिरासतभित्र थुनुवाले गरे आ’त्म’ह’त्या

 

बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरमा ब्यारेक भवन उद्घाटन गर्ने कार्यक्रम चलिरहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायत उपस्थित थिए।

प्रहरी महानिरीक्षक सहभागी कार्यक्रममा ३ जना एआइजी, डिआइजीलगायत उच्च प्रहरी अधिकारी पनि आएका थिए।

४ तल्ले भवनको उद्घाटन गरेर प्रहरी महानिरीक्षक ज्ञवालीले मन्तव्य राखिरहँदा भित्र प्रहरीको हिरासत कक्षमा एक जनाले आ’त्म’ह’त्या गरे।

ब’ला’त्का’र’को मु’द्दा’मा असार १४ गते ग्वार्कोबाट प’क्रा’उ परेका २४ वर्षीय दुर्गेश यादवले आ’त्म’ह’त्या गरेको प्रहरीले जनाएको छ।

शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा ब’ला’त्का’र गरेपछि उनी प’क्रा’उ परेका थिए।

उनले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आ’त्म’ह’त्या गरेको प्रहरीले जनाएको छ।

‘उनलाई छुट्टै कोठामा एक्लै राखिएको थियो’, जावलाखेल प्रहरी परिसरका एक प्रहरीले भने, ‘उनको पिसिआर रिपोर्ट आउन बाँकी थियो।’

प्रकाशित भएको : July 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु