प्रधानमन्त्रीबिनै नेकपा स्थायी समिति बैठक सुरू

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ। ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको छ।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सुरू हुन केही ढिला भएको थियो।

प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्।

प्रधानमन्त्री मन्त्रिपरिषद बैठकको तयारीमा लागेको जानकारी बालुवाटारले दिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवा १२ बजेतिर बैठक सुरू गरेका हुन्।

प्रकाशित भएको : July 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु