कटहर काँचाे छ सार्वजनिक (भिडियो सहित)

 

गायक रमाकान्त ढुड्गानाको कटहर काँचो छ बोलको गीत सार्वजनिक भएको छ । डिजिटल स्टारको युट्युवबाट गीत शनिवार बिहान सार्वजनिक भएको हो ।

देवी घर्ती र रमाकान्त ढुड्गानाको स्वर रहेको प्रेमिल गीतमा आधारित गीतको भिडियोमा चर्चित मोडल सम्पदा बानिया र प्रेम बस्यौलाले अभिनय गरेका छन् ।

गीतको लय र शब्द दुबै गायक ढुड्गानाकै रहेको छ ।

तारानाथ आचार्यको निर्देशनमा बनेको गीतको छायांकन गणेश सापकोटा, ड्रोन बिजय गुरूङ, नृत्य निर्देशनमा होम गुरूङ रहेका छन् ।

‘गीतले युवापुस्ताको प्रेम भावलाई दर्साएको छ,’ गायक ढुड्गानाले भने,‘दर्शक र श्रोताले गीतलाई मन पराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

शनिवार सार्वजनिक भएको ‘कटहर काँचो छ,’ गायक ढुड्गानाको स्वर रहेको सातौ गीत हो ।

हेर्नुहाेस भिडियो

 

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु