म्याग्दीका डेढ महिने कोरोना संक्रमित शिशुको मृत्यु

 

म्याग्दीका कोरोना संक्रमित डेढ महिने एक शिशुको मृत्यु भएको छ ।

घाँटीको शल्यक्रिया गरिएका ती बालको कोरोना परिक्षण नतिजा पोजिटिभ आएको हो ।

नवजात शिशुको घाटीमा समस्या भएको भन्दै काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

शल्यक्रिया अघि शिशुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनको सोमबार शल्यक्रिया गरिएको थियो ।

उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले पुष्टी गरेको छ ।

उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।

प्रकाशित भएको : July 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु