पार्टी एकता गम्भीर संकटको मोडमा पुग्याे : नारायणकाजी श्रेष्ठ

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा खतरा उत्पन्न भएको बताएका छन्।

बिहीबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने चासोसहित आज बैठकमा छलफल भएको पनि बताए।

‘पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित बैठकले पुन: पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ गरेर अगाडि बढ्नका लागि आपसी छलफल गर्न पर्सि ११ बजेसम्म बैठक स्थगित गरिएको छ,’ उनले भने।

प्रवक्ता श्रेष्ठले पार्टी एकतामा संकट आएको भन्नुको अर्थ खतरा उत्पन्न भएको बुझ्नुपर्ने बताए।

‘पार्टी एकतामा संकट भनेको के हुन्छ? खतरा उत्पन्न भयो,’ उनले भने, ‘संकटबाट पार्टीलाई बचाउनुपर्छ भनेर अन्तिम समयसम्म पर्यत्न गर्न छलफल केन्द्रित भइरहेको छ।’

उनले आज वा भोलिदेखि अध्यक्षद्वय र अरू नेताले पनि छलफल गरी समस्या समाधान गर्ने बताए।

राष्ट्रपति र प्रधानमन्त्री दुबैले अहिले नै अध्यादेश नआउने बताएको जानकारी अध्यक्ष प्रचण्डले स्थायी कमिटीमा जानकारी गराएको पनि श्रेष्ठले बताए।

प्रकाशित भएको : July 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु