कोरोनाभाइरस नियन्त्रणका लागि भएको खर्चमा पारदर्शिता गर्छुृ भन्दै अस्पताल पुगेर ई.लाई भेटे प्रधानमन्त्री ओलीले

 

प्रधानमन्त्री केपीशर्मा ओलीले अस्पताल भर्ना भएका इनफ इज इनफका अभियन्ता ई.लाई भेटेका छन्।

बिहीबार साँझ ह्याम्स अस्पताल पुगेर प्रधानमन्त्री ओलीले ई.लाई भेटेका हुन्।

सो क्रममा प्रधानमन्त्री ओलीले कोरोनाभाइरस नियन्त्रणका लागि भएको खर्चमा पारदर्शिता अपनाइने प्रतिबद्धता जनाउँदै अनसन ताेड्न आग्रह गरेका थिए।

अनशन बस्दै आएका ईसहित दुई अभियन्ता आजै अस्पताल भर्ना भएका हुन्।

बिहीबार साँझ ५ बजे ई र अर्का सत्याग्रही पुकार बामको स्वास्थ्यमा समस्या आएपछि ह्याम्स अस्पताल लगिएको एक अभियन्ता प्रितम सुबेदीले जानकारी दिए।

कोरोनाभाइरस महामारीमा सरकारले गरेको कामप्रति असन्तुष्ट जनाउदै ईको नेतृत्वमा इनफ इज इनफ अभियान थालिएको थियो।

सरकारले पिसिआर परीक्षण बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिनको राम्रो व्यवस्थापन हुनुपर्ने लगायतका मागहरू राखेर उनीहरुले शान्तिपूर्ण आन्दोलन गरेका थिए।

सरकारले वेवास्ता गरेको भन्दै केही दिनअघिबाट उनी पाटनको कृष्णमन्दिर अगाडिको पाटीमा अनशन बस्दै आएका थिए।

प्रकाशित भएको : July 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु