लकडाउनबेला ‘बिच’मा घुम्न गएका कारण स्वास्थ्यमन्त्रीले दिए राजीनामा

 

न्युजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिएका छन्।

उनले राजीनामा दिएकोबारे प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बिहीबार जानकारी गराएका हुन्।

लकडाउनको नियमविपरीत आफ्ना परिवारसँग समुन्द्री किनारा ‘बिच’मा घुम्न गएपछि उनको चर्को आलोचना भएको थियो।

उनले राजीनामा दिँदै पद नछाडी कामलाई निरन्तरता दिए सरकारले कोरोनाभाइरसविरूद्ध गर्दै आएको काममा असर पर्ने बताए।

यसअघि पनि उनले लकडाउन उल्लंघन गरेको भन्दै आलोचना भएको थियो।

लकडाउनको सुरू (अप्रिल महिना) मै उनी आफ्नो परिवारसँग २० किलोमिटर पर रहेको ‘बिच’मा गएका थिए।

सँगै माउन्टेन बाइकिङ पनि गएका थिए।

उनले पहिला नै राजीनामाको प्रस्ताव राखे पनि महामारीको संकटका कारण स्वीकृत भएको थिएन। अहिले त्यहाँका शिक्षा मन्त्री क्रिस हप्किन्सले जिम्मेवारी सम्हाल्नेका छन्।

न्युजिल्याण्डले कोरोनाभाइरस न्यूनीकरण गर्न चालेका कदमहरूको प्रशंसा समेत भएको छ। त्यहाँ अहिलेसम्म एक हजार ५ सय २८ संक्रमित भेटिएका थिए भने २२ जनाले ज्यान गुमाइसकेका छन्।

न्युजिल्याण्ड सरकारले आफ्ना अन्तिम संक्रमित सबै निको भएको भन्दै कोरोनाबाट मुक्त भएको समेत घोषणा गरिसकेको थियो।

तर फेरि बाहिरबाट आएका दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

प्रकाशित भएको : July 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु