संक्र’मणको जोखिम बढेको भन्दै आजबाट लकडाउनमा कडाइ गर्ने

 

लकडाउन खुकुलो भएपछि कोरोना सं’क्रमणको बढेको भन्दै कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि लक डाउन कडा गरिने निर्णय गरिएको छ । कोरोना संक्र’मणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतले लकडाउन कडाई गर्नै निर्णय गरेको हो ।

लकडाउन भएपछि कर्णालीको प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा चहलपहल धेरै भएको थियो । भीडभाड धेरै हुँदा संक्र’मणको जोखिम धेरै भएकाले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि बजार खोल्ने र सवारीसाधन चलाउन निश्चित समय र मापदण्ड तयार गर्न लागेको हो । बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खोल्न तथा व्यवसाय सञ्चालन गर्न पाउने

अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंक कर्मचारी, क्वारेन्टिनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित भएको : July 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु