ओलीको समर्थनलाई पानीले पनि छेक्न सकेन ,पोखरामा रेनकोट/छाता ओढेर ओलीका पक्षमा प्रदर्शन

 

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पोखरामा पनि प्रदर्शन भएको छ।

नेकपाका ओली पक्षका युवा एवं विद्यार्थीहरूले प्रधानमन्त्रीको पक्षमा प्रदर्शन गरेका हुन्।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नपाइने भन्दै उनीहरूले ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई ५ वर्ष ओलीलाई’, ‘स्थिर सरकार जनताको चाहना’लगायतका नारालगायतका थिए।

झन्डै एक सय जनाको उपस्थिति रहेको प्रदर्शनमा सहभागीहरू बिहानैदेखि पानी परिरहेकाले रेनकोट र छाता ओढेर प्रदर्शनमा सहभागी भएका थिए।

प्रदर्शनपश्चात आयोजित कोण सभामा बोल्दै अपेक्षा अधिकारीले प्रधानमन्त्री ओलीकै कारण आफूहरूले शिर उठाउन पाएको दाबी गरिन्।

‘प्रजातन्त्र आएदेखि झुकेको शिर पहिलो पटक देशले उठाएको छ,’ उनले भनिन्, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा र कालापानी नेपालका नक्सामा ओलीले नै ल्याउनुभएको हो।’

ओलीले नै भारतले लगाएको नाकाबन्दी परास्त गरेको भन्दै उनले स्वाभिमान देखाएको बताइन्।

प्रधानमन्त्री ओलीले लाखौं युवालाई सुखी नेपाली समृद्ध नेपाल भनेर सपना देखाएको भन्दै उनले विकासका लागि ओलीले कहिले रेल त कहिले पानी जहाजको कुरा ल्याएको बताइन्।

नेताहरुले व्यक्तिगत स्वार्थका लागि तानाबाना बनाएको भन्दै उनले आफ्नो छाती चिरेर आउने दाबी गरिन्।

‘हामी युवा सडकमा नारा मात्र लगाएर बस्ने हो र, उनले भनिन्, होसियार, खबरदार हाम्रो भविष्यसँग खेलबाड गर्न पाउनुहुन्न।’

उनले प्रधानमन्त्री ओलीलाई ५ वर्षसम्म सरकार चलाउन सहयोग गर्न समेत आग्रह गरिन्।

प्रकाशित भएको : July 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु