सांसदबाट राजीनामा दिएर मेयरमा भिडेका एमालेका ४ जना पराजित, [सूचीसहित]

 

सांसदबाट राजीनामा दिएर मेयरमा भिडेका एमालेका ४ जना पराजित, १ जना विजयी [सूचीसहित]

जेष्ठ ११ २०७९

काठमाडौं।

सुदर्शन खबर

स्थानीय तहको निर्वाचनमा सांसदबाट राजीनामा दिएर पालिका प्रमुखमा चुननाव लडेका अधिकांश नेतालाई मतदाताले अस्वीकार गरेका छन ।

एकै ब्यक्तिलाई जहिले पनि अवसर हुन्न भन्ने सन्देशका साथ मतदाताले सकिने बेलामा सांसद छाडेर पालिका प्रमुख ताक्नेहरु सवैलाई अस्वीकार गरी पराजयको स्वाद चखाएका हुन ।

यसपटक सांसदबाट राजीनामा दिएर पालिका प्रमुखमा उम्मेदवार बनेका नेकपा एमालेका चार जना प्रदेश सांसद पराजीत भएका छन ।

चितवनको भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार बिजय सुवेदी, कास्कीको पोखरा महानगरमा एमाले उम्मेदवार कृष्ण थापा र इलामको सूर्योदय नगरपालिकामा मेयरको उम्मेदवार बनेका काजीमान कागते पराजित भएका छन्।

बागमति प्रदेश सांसदबाट राजीनामा दिएर काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बनेका केशव स्थापित पनि पराजीत हुने निश्चित भएको छ । उनी धेरै मतले पछि परेका छन्।

एमाले मात्रै होइन, सांसद त्यागेर पालिका रोज्ने अन्य दलका उम्मेदवारको पनि अवस्था उस्तै देखिएको छ । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव भिडेका शेख अबुलकलाम आजाद पराजित भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट आजाद रौतहटको गढीमाई नगरपालिकाको मेयरमा चुनाव भिडेका थिए। उनलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित गरेका हुन्।

यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत मात्र पाए । आजाद २०७४ को निर्वाचनमा स्वतन्त्रबाट प्रदेश सांसदमा विजयी भएका छन् ।

प्रदेश सांसदबाटै राजीनामा दिएर सर्लाहीको गोडैत नगरपालिकाको मेयरमा चुनाव लड्ेका नेपाली कांग्रेसका उपेन्द्र कुशवाहा पनि पराजित भइसकेका छन् ।

सांसदबाट राजीनामा दिएर मेयरमा भिडे्का गोपालचन्द्र बुढाथोकी र दिपेश थारु मात्र बिजयी भएका छन्। बुढाथोकी मेचीनगरमा निर्वाचित भएका छन्।

यस्तै प्रदेश सांसदबाट राजीनामा दिएर बर्दियाको राजापुर नगरपालिकाको मेयरका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दिपेश थारु पनि बिजयी भएका छन् ।

बुढाथोकी र थारु बाहेक सवै पराजित भएका छन्। राजनीतिक बिश्लेषकहरुले सांसदको पराजयलाई पार्टीको हार भन्दा पनि एकै ब्यक्तिलाई घरिघरी अवसर भन्ने मतदाताको बिद्रोहको रुपमा बुझेका छन ।

प्रकाशित भएको : May 25th, 2022

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु