1 month ago

कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बस दैलेखमा दुर्घटना
सुदर्शन खबर
११ जेठ,
दैलेख ।
दैलेखमा बस दुर्घटना भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो ।
बस दुर्घटनामा केहीको हताहती भएको हुनसक्ने निर्वतमान मेयर खड्गराज उपाध्यायले जानकारी दिए । उनका अनुसार घटनास्थलमा ४ जना अचेत अवस्थामा भेटिएका छन् ।
बस यात्रुले खचाखच भरिएको छ । प्रहरीका अनुसार बसमा ५०/६० जना सवार छन् ।
बस दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर प्रसाद साहले बताए ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित भएको : May 25th, 2022
प्रतिकृया दिनुहोस्