संगै पिकनिक गएर आफ्नै साथीको ह’त्या’काे आरो’पित २ जना कारागार चलान

 


ह’त्याको आरोपित २ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

सँगै पिकनिक गएका एकसाथीको ह’त्याको आरोपमा प’क्राउ परेका २ जनालाई कारागार चलान गरिएको हो। गल्याङ नगरपालिका-४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेयको ह’त्या आरोपमा उनीसँगै पिकनिक खान गएका चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई जिल्ला अदालत स्याङजाले पूर्पक्षका लागि जेलचलान गरेको हो।

गएको जेठ २१ गते साथीसँगै पिकनिक खान गएका पाण्डेय जेठ २२ गते मृ’त अवस्थामा फेला परेका थिए। मृ’तकका पत्नी २९ वर्षीया जमूना पाण्डेले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरु दुबैलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ। कर्तव्य ज्या’न शीर्षक मुद्धामा ३९ वर्षीयाद्वय न्यौपानेविरुद्ध कि’टानी जाहेरी परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

सेतीबेणी ग्रामिण कच्ची सडकअन्तरगत पर्ने गल्याङ नगरपालिका ५ सपौदेको भीरमा पाण्डे मृ’त अवस्थामा भेटिएका थिए । उनीहरु गल्याङ नपा ५ स्थित सानोखोलामा खसी काटी पिकनिक खाने भन्दै गएका उनी भोलिपल्टसम्म नआएपछि खोजीकार्य हुँदा भीरमा मृ’त भेटिएका थिए। घटनाको ३ दिनपछि उनीहरु पक्राउ परेको र घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित भएको : July 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु