एक्कासी किन प्रचण्ड, माधव नेपाल र झलनाथ राष्ट्रपतिलाई भेट्न शितल निवासमा ?

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन्।

स्रोतका अनुसार तीन नेता आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन्।

नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सवा घन्टा छलफल गरेका थिए।

राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सोही विषयमा स्पष्ट पार्न प्रचण्डसहितका नेताहरू आज शितल निवास गएको बुझिएको छ।

प्रकाशित भएको : July 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु