कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

 

काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो ।

तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन ।

अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।

कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।

प्रकाशित भएको : July 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु