कञ्चनपुर : भारतीय पक्षद्वारा हुलाकी सडक निर्माणमा अवरोध

 

असार । भारतीय पक्षले कुनै यु’द्ध’कै जस्तो गरी ह’ति’या’र’ब’द्ध जत्था ल्याएर नेपालमा बनिरहेको हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेका छन् ।

पश्चिम कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पुर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ ।

आइतबार भारतीय सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारीको समुह निर्माण स्थलमै आएर सडक अवरोध गरेको हो ।

अघिल्लाे सालकाे असारमै भारतीय पक्षबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) आएर अवरोध गरेका थिए ।

ठिक एक वर्षपछि पुनः हुलाकी राजमार्ग अवरोध गरेको छ ।

यस वर्ष एसएसबीसहित भारतीय प्रशासनिक अधिकारी आएर निर्माण भइरहेको काम रोकेकाे छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका- ८ पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्यक विवाद झिकेर हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको छ ।

स्थानीय एवं शिक्षक बुद्धिजीवी विवेक लम्सालले भारतीय पक्षले दादागिरी शैलीले नेपाली भूमिमै आएर सडक निर्माण कार्य रोकेको बताए ।

‘ठुलै फौज जत्था लिएर आएका थिए,’ उनले भने, ‘सडकको काम रोकेर गए ।’

निर्माण कम्पनीसँग काम नगर्न भनेपछि आइतबारदेखि काम रोकिएको छ ।

भारतीय पक्षले अघि सारेको कदम निन्दनिय, नेपालको राष्ट्रियतामाथि नै धावा खोल्ने खालको भएको उनको भनाई छ ।

भारतीय एसएसबीले सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीका सञ्चालक चक्र शाहलाई उक्त सडकखण्ड निर्माण नगर्न दबाव दिएपछि काम रोकिएको हो ।

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ ।

गत वर्ष ग्राभिलिङ गर्दा भारतीय पक्षले अवरोध गरेको थियो ।

फेरि कालोपत्रे तयारी गर्दा रोकेको हुलाकी सडक निर्माण कम्पनीका सञ्चालक चक्र शाहले एसएसबीले काम नगर्न दबाव दिएपछि काम रोकिएको बताए ।

एसएसबीले शाहसँग गत वर्ष उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दबाव दिएका थिए ।

‘हामी हाम्रो स्प्रिडअनुसार काम गरिरहेका थियौँ,’ उनले भने, ‘भारतीय एसएसबीले काम नगर्न भन्यो, त्यही भएर अहिले त्यो ठाँउमा काम गरेका छैनाैँ ।’

सो सडकखण्डमा ७५ प्रतिशत बेस निर्माण गरिएको छ । कालोपत्रे गर्न मात्रै बाँकी थियो ।

बेलौरी नगरपालिका ८का वडाध्यक्ष नन्द कुमार रानाले भारतीय सुरक्षाकर्मीसहितका अधिकारी आएर उक्त सडक निर्माण कार्य रोकेको बताए ।

उनका अनुसार भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गरेको छ ।

‘माथिको विषय भन्दै रोकेर गए,’ उनले भने, ‘भारतीय पक्षले जहिल्यै अवरोध गर्दै आएको छ ।’

आफ्नै भूमिमा सडक निर्माण गर्दा पनि भारतीय पक्षले अनावश्यक विवाद झिक्दै आएको उनले बताए ।

पटक-पटक भारतीय पक्षले नेपाली भूमिमै निर्माण भइरहेको सडककाे काममा अनावश्यक अवरोध गर्ने कार्य नेपालको विकास हेर्न नचाहेको उपज भएको टिप्पणी गरिएको छ ।

छिमेकीको प्रगति हेर्न नसक्ने भारतीय पक्षले जहिल्यै पनि अवरोध गर्दै आएको स्थानीयको भनाइ छ ।

नेपाली अधिकारीले भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी राजमार्गबारे भारतीय पक्षसँग वार्ता गरिने बताएका छन् ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी, प्रशासन सहितको टोलीले भारतीय पक्षसंग संयुक्त वार्ता गरेर निकास निकाल्ने बताए ।

छिमेकी भारतले जहिले पनि अवरोध गर्ने आफु नेपालको सीमा अतिक्रमण गरिरहने बानी परेकाले अर्कालाई पनि त्यस्तै सोच्दा समस्या हुने गरेको छ ।

प्रकाशित भएको : July 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु