कारागार भित्रै कैदीको मृत्यु

 

काठमाडौं । तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ ।

ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताउनुभयो ।

मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए । उहाँले भन्नुभयोे ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’

कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो ।

कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो । उनको शव आफन्तले बुझिसकेका छन् ।

प्रकाशित भएको : July 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु